Aamsanchar

भीषण आगलागी ६० घर जलेर नष्ट

Author Image
बिहिवार, चैत ३१, २०७३

इनरुवा ।

सुनसरीको कोसी गाउँपालिका–५ साबिक श्रीपुरजब्दी–७ मा आज भीषण आगलागी हुँदा ६० घर जलेर नष्ट हुँदा रु एक करोड बढीको क्षति भएको छ ।

स्थानीयवासी मनरु मियाँको घरबाट खाना पकाउने क्रममा सल्केको आगोले भीषण रुप लिएपछि ४३ परिवारका घर जलेका हुन् । आगोले सलाम मियाँ, सलिम मियाँ, साहिद मियाँ, रहिना खातुनसहितका परिवारको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागी इनरुवा, इटहरी, धरान, विराटनगर र राजविराजबाट पुगेका वारुण यन्त्रले नियन्त्रणमा लिएका छन् ।

आगलागी नियन्त्रणमा स्थानीय बासिन्दासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको थिए । आगलागीमा कुनै पनि मानवीय क्षति नभएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

आगलागीलगत्तै सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीसहितको सरकारी अधिकारीको टोलीले घटनास्थलको वस्तुस्थिति निरीक्षण गरेको छ । सुख्खा मौसम र हावाहुरी सुरु भएसँगै सुनसरीमा आगलागीको घटनामा वृद्धि भएको छ । दुई दिनअघि मात्र सोही वडाको कौवाटोलमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर