Aamsanchar

पत्रकार उपचार कोषका लागि हर्कलाल गिरी र कुमार भट्टराईले दिए १ लाख २ हजार

Author Image
शुक्रवार, वैशाख १, २०७४
विनोद पाण्डे(कमल)
बिर्तामोड  ।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका समाजसेवी हर्कलाल गिरी र सञ्चार उद्यमी कुमार भट्टराईले ५१/५१ हजार रुपैया प्रदान गरेका छन् ।
महासंघका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष तथा पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई   शुक्रबार बिर्तामोडमा गिरी र भट्टराईले ५१/५१  हजार रुपैया प्रदान गरेका हुन् ।
 दुर्घटना तथा बिरामी परेको बेला पत्रकारको उपचारमा सहयोग पुर्याउन कोषमा रकम हस्तान्तरण गरेको बताउदै  गिरी र भट्टराईले यो अभियानमा सहयोग पुर्याइदिन अरुलाई पनि आग्रह गरे ।
हर्कलाल गिरी तत्कालिन अनारमानी गाविसका निर्वाचित पूर्व अध्यक्षसमेत हुन् । विभिन्न सामाजिक संस्थामार्फत गिरी समाजसेवामा क्रियाशील छन् ।
कुमार भट्टराई ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल बानका केन्द्रीय उपाध्यक्ष तथा रेडियो सनराइज बिर्तामोडका अध्यक्ष हुन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका छन् ।
नयाँ वर्षमा पवित्र कर्ममा सहयोग गर्न पाएकोमा उनीहरुले खुशीसमेत व्यक्त गरे ।
पत्रकार सहारा उपचार कोषमा हाल १० लाख रुपैया जम्मा भएको कोषका संयोजक एकराज गिरीले जानकारी दिए । आगामी साउनबाट सञ्चालनमा आउने कोेषलाई ५० लाख हुदै क्रमश १ करोड बनाउने र कोषको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने महासंघले जनाएको छ ।
कोषका सदस्य सचिव केशव भट्टराईका अनुसार महासंघले न्यूनतम् ३ हजार रुपैया शुल्क तिरेर कोषको सदस्य बन्न सबै पत्रकारलाई आह्वान गरेको छ । सहयोगी दातालाई पनि सहयोगको लागि आह्वान गरिएको छ ।
Views: 148

प्रतिक्रिया (०)