काठमाडौं
– सरकारले घोषणा गरेकोस्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतको तर्फबाट दवाव दिइएको छ । सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय पक्षले सुझाव दिएको मधेसी मोर्चाको उच्च स्रोतले जनाएको छ । शुक्रबार नयाँ बर्षको शुभकामना दिदै भारतीय राजदूत मञ्जिवसिंह पुरीले टेलिफोन सम्वादमार्फत मधेसी मोर्चाका नेताहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए ।खबर आजको नेपाल समाचारपत्रमा छापेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
Views: 146