झापा ।

नयाँ वर्षमा साथी भाईसंग घुमेर तथा विभिन्न स्थानमा भ्रमण गरेर मात्र नभई सामाजिक काम गरेर पनि मनाउन सकिन्छ भन्ने सन्देश झापाको विर्तामोडमा रहेको इफेकटिभ ग्रुपले दिएको छ ।
नयाँ वर्षको पहिलो दिन ग्रुपले विर्तामोड स्थित मुक्ति चोकमा रहेको आइल्याण्डको सरसफाई गरेर मुक्ति चोकको सुन्दरतालाई अझ चम्किलो बनाएको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको आइल्यण्डमा विभिन्न पोष्टर तथा पमप्लेट टाँसेर मुक्ति चोकलाई सुचना पार्टी झै बनाई रहेका बेला ग्रुपले सार्वजानिक स्थानलाई सफा र सुन्दर बनाउनु पर्छ भन्ने सन्देश दिन पनि सरसफाई कार्यक्रम गरेको इफ्ेक्टीभ ग्रुपका अध्यक्ष रोशन पहरीले जानकारी दिएका छन् ।
नयाँ वर्ष नयाँ सोच नयाँ सुरुवात, एकै साथ युवा हात भन्ने नाराका साथ सामाजिक काममा संलग्न भएका युवाहरुले आइल्याण्डको सरसफाई गर्नुका साथै राष्ट्रिय झण्डा फहराएर विर्तामोडको सुन्दरतामा थप चमक दिएका छन् । यसैबीच ग्रुपमा आवद्ध सदस्यहरुले मुक्ति चोकको आईल्याण्डमा रोपिएका फुलहरुको संरक्षण गर्दै नियमित गोडमेल गर्ने प्रतिबद्धता जनाएका छन् । इफ्ेक्टीभ ग्रुपको सामाजिक काम प्रति उत्प्रेरणा जगाउन बुन्डेस इन्टरनेशनल, मेचे फिल्स् प्रोडक्सन,एम.एस.क्याफे, फनवल्र्ड र टेक्माइन्डसले प्रयोजन गरेको इफ्ेक्टीभ ग्रुपका कोषध्यक्ष ज्योतस्ना श्रेष्ठले जानकारी दिइन् ।
सरसफाई अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरी, नायक सुबास मेचे, मेची बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन बुढाथोकी, बुन्डेस इन्टरनेशनलका इसान ढकाल लगायतको सहभागिता रहेको थियो । उनीहरुले इफ्ेक्टीभ ग्रुपका युवाहरुले गरेको सामाजिक कामको प्रशंसा गरेका थिए । ग्रुपले सार्वजानिक स्थलमा पर्चा,पमप्लेट, ब्यानर तथा भित्ते लेखन नगरि सभ्य र जिम्मेवार नागरिकको परिचय दिन अनुरोध समेत गरेको छ ।
यसैबीच इफ्ेक्टीभ ग्रुपले नयाँ वर्षकै दिन सुबोध बाल आश्रम धुलाबारीमा रहेका अनाथ बालबालिकाहरुलाई खाना खुवाउनुका साथै अर्जुनधारा धामको र्दशन तथा फनवल्र्डको भ्रमण गराएको सचिव सविन अधिकारीले जानकारी दिए ।

