Aamsanchar

पत्रकारले सरकारको काम वाच डगका रुपमा हेर्नुपर्ने

Author Image
आइतवार, वैशाख ३, २०७४

धुलिखेल ।

अग्रज पत्रकारले सरकारको काममा निरन्तर रुपमा वाच डगको भूमिका खेल्न आवश्यक रहेको बताएका छन् ।
अर्थमन्त्रालयले समृद्ध नेपालका लागि ‘दिगो आर्थिक विकास’ विषयक शनिबार गरेको अन्तक्र्रियामा यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष गोविन्द आचार्यले सरकारले गरेको कामको अवस्था कस्तो हुँदैछ भनेर सधँै वाच डगका रुपमा हेर्न आवश्यक रहेको बताउनुभयो ।

सरकार जसको नेतृत्वमा भए पनि आमनागरिकको ठाउँबाट हेर्दै त्यसमा राज्यले कस्तो लक्ष्य लिएको र कति काम भयो, कति हुन बाँकी छ भनेर सरकार नेतृत्व र त्यसमा रहेका दलहरुलाई घचघच्याउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष सुरेश आचार्यले अहिलेसम्मको नेपाली पत्रकारिताको विकास मिडिया हाउसका रुपमा नभई फेमिली हाउसका रुपमा विकास भएकाले सरकारको लक्ष्यसँग जोड्ने विषयमा विशेष जिम्मेवारीका साथ सहयोगीको भूमिकामा उभिन नसकेको पाइएको विचार राख्नुभयो । उहाँले दिगो विकास लक्ष्यलाई समेत निरन्तर पछ्याइरहन पत्रकारको नजर जानुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अर्का पूर्व अध्यक्ष शिव गाउँलेले सरकारको नेतृत्वमा जोसुकै भए पनि राम्रो कामलाई उजागर गर्न पत्रकारको भूमिका रहनुपर्नेमा जोड दिनुभयो । गाउँलेले भने त्यसमा विषयवस्तुको पहिचान र खोजमा केन्द्रित भएर काम गर्न पत्रकारिता जगत् लाग्नुपर्ने आवश्यकता छ भन्नुभयो ।

सो छलफल तथा अन्तक्र्रिया कार्यक्रममा ३ नं प्रदेशका विभिन्न जिल्लाका गरी करिब २४ जना पत्रकारको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)