Aamsanchar

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

Author Image
आइतवार, वैशाख ३, २०७४

काठमाडौँ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा (एमाले) को आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ ।
स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप, आन्तरिक व्यवस्थापन र उम्मेदवार चयनबारे छलफल हुने सो बैठक केही दिनका लागि स्थगित भएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
नियमित स्वास्थ्य परीक्षणाका लागि गत साता थाइल्याण्ड जानुभएका अध्यक्ष ओली केही दिनमा फर्कने र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने बुझिएको छ । एमालेले केन्द्रीयस्तरमा उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेर काम अघि बढाएको छ ।
यसअघि पार्टीको स्थायी कमिटीले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको थियो । यही वैशाख १२ गते बैठक बसी उम्मेद्वारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्ने गर्ने एमालेको तयारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर