Aamsanchar

नेपाल र चीनबिच आजदेखि संयुक्त सैन्य तालिम हुँदै

Author Image
आइतवार, वैशाख ३, २०७४

काठमाडौं,

नेपाली सेनाले चिनियाँ सैनिकसँग आइतबारदेखि संयुक्त तालिम गर्दैछ । नेपाल र चीनबिच पहिलो पटक सैन्य तालिम मित्रता सगरमाथा २०१७ नामको संयुक्त तालिम लागेको हो ।

१० दिनसम्म चल्ने सैन्य तालिम प्रतिआतंकवाद कारवाहीमा केन्द्रित हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको  छ । सैन्य तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङ नेतृत्वको २२ सदस्यीय टोली शनिबार काठमाडौं आइपुगेको छ ।

नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तारका लागि विगतदेखि छिमेकी देशसँग गर्दै आएको संयुक्त सैन्य तालिमकै निरन्तरता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तालिम विपद व्यवस्थापन लगायत अरु सरोकारका विषयमा समेत केन्द्रित हुने नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले बताउनुभयो । नेपालले यसअघि भारतीय सेनासँग अभ्यास सूर्य किरण र अमेरिकी सेनासँग ब्यालेन्स नेल नामक संयुक्त सैन्य अभ्यास गर्दै आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर