Aamsanchar

स्याउ खानैपर्ने ९ कारण, जसले भयानक रोगबाट बचाउँछ

Author Image
आइतवार, वैशाख ३, २०७४

एजेन्सी ।

स्याउमा सर्बाधिक मात्रामा फस्फोरस हुन्छ । यसको साथै यसमा आइरन, प्रोटिन, क्याल्सिम, कार्बोहाइडेड तथा भिटामिन बी र सी प्रर्याप्त मात्रामा हुन्छ । हृदय रोगीका लागि पनि उत्तिकै लाभदायी हुन्छ ।

पत्थरीका बिरामीका लागि स्याउ औषधी नै साबित भएको छ । बिरामीले हरेक दिन चार देख पाँच ओटा स्याउ खाँदा निको हुन्छ ।

हृदय रोगीले बिहानको खाना भन्दा अगाडि दुईटा स्याउ खानुपर्छ । आँखाको ज्योति कमजोर हुनेले खानासँगै हरेक दिन एउटा स्याउ खानुपर्छ ।
खोकी लाग्दा रोगीलाई तिर्खा, जलन थकान तथा बेचैनी हुन्छ । स्याउको जुस पिउदा यी समस्या  समाधान हुन्छन् ।

स्याउको जुसले घाटीका घाउ, छाल सम्बन्धि रोग. पेटका लागि निकै लाभदायी छ । यसले पेटमा ग्यास जम्मा हुन दिँदैन र पेटका किरा पनि नाश गर्छ । दुई ओटा स्याउ व एक गिलास ताजा जुस पिउँदा पेटको किरा मर्नुका साथै कब्जियत पनि भगाउछ । कब्जियत भएकाले दिनहु खाली पेट स्याउ खाँदा कब्जियत निको हुनको साथै भोक बढाउँछ ।

स्याउमा पाइने  फ्लेबोनायड्स फोक्सोले स्वास्थ राख्छ । नियमित स्याउको रस खाँदा फोक्सो मजुबुत भई कार्यक्षमता बढ्छ ।धेरै तौलका कारण हुने हृदय रोग, उच्च रक्तचाप, मधुमेय जस्ता रोगहरुबाट छुट्कारा मिल्छ । स्याउमा प्रर्याप्त मात्रामा हुने फाइबरले तौल कम गर्न सहयोग गर्छ ।

अनिन्द्राको समस्या छ भने सुत्नु भन्दा अगाडि एकदाना स्याउ र मनतातो दुध पिउदा मस्त निन्द्रा लाग्छ । एक गिलास स्याउको जुसमा मिश्री मिसाई नियमति पिउँदा खोकी निको हुन्छ ।

टाउको दुखाई, चिढचिढापन, बेहोसी जस्त समस्याबाट पीडितले खाना खानु अघि नियमित स्याउ सेवन गरेमा धेरै हदसम्म निको हुन्छ ।

(स्वास्थ्य खबरपत्रिकाबाट साभार) 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)