झापा ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आज झापामा मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन कार्यालय झापाले जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा मुख्य निर्वाचन कार्यालयको रुपमा स्थापना गरेको हो । कार्यालयको स्थापनासँगै जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश सुर्दशनराज पाण्डेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत पाण्डेले भद्रपुर नगरपालिकाको जिम्मेबारी आफैं सम्हाल्ने भएका छन् भने अन्य ७ नगरपालिका र ७ गाउँपालिका गरी १४ वटा स्थानीय तहका लागि खटिएका निर्वाचन अधिकृतलाई समेत सहजीकरण गर्ने जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 141