विर्तामोड स्थित एक मोवाईल विक्रेता पसलले आफ्ना ग्रहाकहरुमाझ संचालन गरेको मासिक उपहार योजना अन्तरगत चैत्र महिनाको भाग्यशाली ग्रहाक बनेका छन विर्तामोड निवासी नारायण कोईराला ।

उनले पहिलो उपहार दश हजार नौ सय नब्बे रुपैया पर्ने सामसुङको जे २ मोडलको मोवाईल प्राप्त गरेका हुन । त्यसैगरी विर्तामोडकै विरेन्द्र तामाङ,लक्ष्मी राय र होमनारायण राजवंशीले विभिन्न गिफ्टका सामान प्रप्त गरेको संचालक प्रकास सुवेदीले जानकारी दिए ।

झापा विर्तामोडको मुख्य व्यापारिक सेन्टर मानिएको हनुमान सेन्ट्रलको दोस्रो तल्लामा रहेको मोवाईल ग्यालरीले विगत केही महिनादेखी ग्राहक उपहार योजना संचालन गर्दै आएको छ । धेरै किसिमका कम्पनीको मोवाईल पाउने ग्यालरी विर्तामोडको एक नाम चलेको मोवाईल दोकानको रुपमा परिचित छ ।
Views: 137

