मोरङ।

मोरङको बिराटनगर उप-महानगरपालिका-३ स्थित ढाटमा गाडी ब्याक गर्ने क्रममा एकको मृत्यु छ।

मृत्यु हुनेमा सोही ठाँउ बस्ने ८२ बर्षिय गंगा प्रसाद लुईटेल रहेका छन्। को १ च ९६०१ नम्बरको टाटासुमो गाडी पछाडी सार्ने क्रममा पैदल हिडिरहेका लुईटेललाई ठक्कर दिँदा घाईते भएका थिए।

ठक्करबाट घाईतेको उपचारकोक्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ। सुमो र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

Views: 164

