Aamsanchar

एक सय ३५ वस्तु निर्यात

Author Image
सोमवार, वैशाख ४, २०७४

मोरङ।

विराटनगर भन्सार कार्यालयबाट एक सय ३५ वस्तु भारतलगायत तेस्रो मुलुक निर्यात गरिएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी शम्भु सापकोटाका अनुसार गत आवमा अलैँची, पिना, भुस, चोकर, जडी बुटी, मुसुरोको दाल, सुपारीलगायतका १३५ वस्तुको निकासी पैठारी गरेको हो ।

सबैभन्दा बढी अलैँची निकासी भएको छ । रु साढे चार अर्बको अलैँची नेपालबाट विदेश निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । सबैभन्दा कम रु ९६ हजार बराबरको सुँगुर तथा अन्य जनावरको छाला निकासी भएको छ । पुराना लुगाफाटादेखि लिएर नयाँ गार्मेन्टका कपडा भारत निकासी भएको छ । निर्यात कम र आयात बढी हुनु मुलुककै समस्या भएको भन्सार एजेन्ट राजेश बोहोराको भनाइ छ ।
भूकम्प र नाकाबन्दीले थिलथिलो भएको बेला समग्र देशको आर्थिक वृद्धिदर वृद्धि हुनु सकारात्मक रहेको अर्थविद् डा अर्जुन बरालको भनाइ छ ।

नेपालमा आयात बढी तर निकासी कम हुन्छ । सामान्य सियोदेखि खाने चामलसम्म आयात हुन्छ । तर आफ्नो देशमा उत्पादन कम हुने भएकाले निर्यात कम र आयात बढी हुने गरेको हो । त्यसैले आयात घटाउन र निर्यात बढाउन स्वदेशी उत्पादनमा जोड दिन आवश्यक छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर