Aamsanchar

लिम्बुवान घटक दलद्धारा आन्दोलनको घोषणा

Author Image
सोमवार, वैशाख ४, २०७४

झापा ।


सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपनि पूर्वमा आन्दोलनरत लिम्बुवान जन्य संगठनहरुले चुनाव बिथोल्ने घोषणा गरेका छन् ।

६ वटा लिम्बुवान घटक दलहरुले आज झापाको विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका हुन् । नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रम सार्वजानिक गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले आफुहरुको अस्तित्व नै खतरामा पर्ने भएकाले बाध्य भएर आन्दोलनको घोषणा गर्नुपरेको बताएका छन् । उनले संविधानको धारा २७४ मा सिमा संशोधनको विषयमा गरिएको निर्णय संशोधन हुनु पर्ने बताएका छन् ।

सिमा संशोधनको विषयमा दलहरुले अंकुश लगाउन खोजेको भन्दै उनले यो संविधान आफुहरुलाई मान्य नभएको धारणा ब्यक्त गरे । पत्रकार सम्मेलनमा बोल्दै संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङवाले सरकारले आफ्नो आयु लम्बियाउनका लागी मात्र गर्न खोजेको स्थानीय तहको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । उनले सरकारले बेलैमा नसोच्ने हो भने मुलुकमा जातीय द्धन्द्ध फैलन सक्ने खतरा रहेको धारणा ब्यक्त गरेका छन् ।

आफुहरुले पटक–पटक आफुहरुको माग राखे पनि सरकारले नसुनेको भन्दै अब बाध्य भएर सबै लिम्बुवान घटक एक भएर आन्दोलनमा उत्रनुको विकल्प नभएको बताएका छन् । उनले आफुहरुले शान्तिपुर्ण आन्दोलनका पक्षधर भएपनि त्यसको प्रकृति हेरेर आन्दोलनको स्वरुप परिर्वतन हुन सक्ने बताएका छन् । आफुहरु निर्वाचन विरोधी नभएको तर निर्वाचन गर्नु अघि सरकारले गर्नु पर्ने सहमति नगरेरकाले बाध्य भएर निर्वाचन विथोल्ने आन्दोलन गर्नु परेको अध्यक्ष लिङदेनको भनाई छ ।

अरुण पूर्वका ९ जिल्लामा नै आन्दोलनलाई सशक्त बनाइने उनले जानकारी दिएका छन् । संयुक्त लिम्बुवान मोर्चा घटका लिम्बुवान प्रदेश समितिका मुख्य सचिव सागर साम्बा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङवा, लिम्बुवान प्रान्तीय परिषद९राष्ट्रिय जनमुक्ति पार्टी०का अध्यक्ष अम्बर बहादुर पन्धाक, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीका अध्यक्ष मिसेकहाङ थनम्सुहाङ र लिम्बुवान मुक्ति मोर्चा ९संघीयवादी० का अध्यक्ष सुवास खापुङले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिामा वैशाख ५ गते जिल्ला सदरमुकाम सहित प्रमुख स्थानमा मशमल जुलूश, ७ गते लाठी र सिटी जुलूश, १५ गते मधेश, थरुहट र लिम्बुवान बन्द, १६ गते नेपाल बन्द, तथा २७ गतेबाट अनिश्चितकालीन नेपाल बन्दको आह्वान गरेको छ । घटकले मधेसी मोर्चा तथा गठबन्धनसंघ सहकार्य गरेर आन्दोलन चर्काउने उद्घोष गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर