Aamsanchar

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै

Author Image
बुधवार, वैशाख ६, २०७४

काठमाडौं,

पाँच वर्षमुनिका बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ए र जुकाको औषधि खुवाईंदैछ । सरकारको नियमित कार्यक्रम अनुसार २० वर्षदेखि भिटामिन ए को औषधि खुवाईंदै आइएको छ ।

६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए को कमीका कारण लाग्ने रोगको रोकथामका लागि सरकारले २०५० सालदेखि नियमित रुपमा राष्ट्रिय भिटामिन ए कार्यक्रम र यो यसको केही वर्षपछि जुकाको औषधि पनि थप गरी सँगसँगै खुवाउन थालिएको छ ।

भिटामिन ए र जुकाको औषधि खुवाउन  देशका सबै ठाउँमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई खटाईएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।  २०४०/४१ साल तिर गरिएको सर्वेक्षणले धेरैजसो बालबालिकामा रतन्धो देखिएपछि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यो कार्यक्रम सञ्चालनमा आएपछि बाल मृत्युदरमा कमी आएको विभागले जनाएको छ ।

भिटामिन ए ले  शरीरमा रोग सँग लड्ने क्षमता बढाउँछ । यस्तै गाउँ घरमा पाइने ताजा हरियो सागपात र फलफूलबाट पनि प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकाले यसको सन्तुलन मिलाएर खान डाक्टरको सल्लाह छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर