Aamsanchar

पत्रकार महासंघ भोजपुरको अध्यक्षमा श्यामकृष्ण दाहाल

Author Image
बुधवार, वैशाख ६, २०७४

भोजपुर,

नेपाल पत्रकार महासंघ भोजपुरको अध्यक्ष्यमा श्यामकृष्ण दाहाल निर्विरोध चयन हुनुभएको छ । मंगलबार भएको चुनावी प्रक्रियाबाट दाहालको नेतृत्वमा ११ सदस्य कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिमा खुल्ला उपध्याक्षमा एक्सन राई, महिलाबाट विद्या राई, सचिवमा वुद्धप्रसाद तामाङ, सह–सचिवमा मकर तामाङ र मोहन दुराल तथा कोषध्याक्षमा युवराज विष्ट सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सौगत गौतम, सत्य राई रहेका छन् । बाँकी सदस्य कार्यसमितिको बैठकबाट मनोनित गर्ने अध्याक्ष श्यामकृष्ण दाहालले बताउनुभयो ।

त्यस्तै प्रदेश सभासदमा भोजबहादुर विष्ट, उमेश अधिकारी, बाबुराम बास्तोला, उमेश तामाङ र केवल प्रधान निर्विरोध चयन हुनभएको छ । त्यसैगरी केन्द्रीय सभासदमा ज्ञानेन्द्र खड्का, किरण राई, धु्रव सुवेदी, गणेश विष्ट र निर्मला कार्की चयन हुनुभएको छ । गएको फागुन ७ गते अधिवेशन गर्नुपर्ने भएपनि सदस्यता विवादको कारण चुनावी प्रक्रिया रोकिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर