Aamsanchar

काठमाडौं महानगरमा कुलमान घिसिङ मेयरको उम्मेदवार !

Author Image
बुधवार, वैशाख ६, २०७४

काठमाडौं/ काठमाडौं महानगरपालिकाको मेयर पदमा विद्युत प्रधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई उठाउने चर्चा चलेको छ । नेकपा माओबादी केद्रका तर्फबाट उनलाई मेयर पदमा उठाउन लागिएको हो । एमालेका उम्मेदवार केशव स्थापितलाई टक्कर दिन कुलमानलाई मेयरमा उठाउन लागिएको माओबादी नेताहरुले बताएका छन् ।

निर्वाचनलाई आफ्नो पोल्टामा पार्न चाहेको एमाओबादीले घिसिङलाई उठाउने तयारी गरेको हो । एमालेका तर्फबाट काठमाडौं महानगरपा

लिकामा स्थापित र राप्रपाबाट उपप्रमुखमा रेखा थापाको चर्चा चलेको छ । घिसिङले नेपाल विद्युत् प्राधिकरणको प्रमुख भएर काम गर्दा निकै राम्रो छाप पार्न सफल भएकोले उनले मेयरको पद जित्न सक्ने माओबादी नेताहरुले विश्लेषण गरेका छन् ।

काठमाडौंमा घिसिङको लोकप्रीयताको ग्राफ उकालो लाग्दै गरेकोले घिसिङलाईनै मेयरको उम्मेदवारको रुपमा उठाउने आन्तरिक तयारी भएको माओबादी केन्द्रका एक नेताले बताए । अरु दलसँग चुनावी एकता गरेर भएपनि सकेसम्म धेरै ठाउँमा विजयी हुने माओबादीको योजना छ । यही सन्दर्शमा घिसिङ काठमाडौंका लागि राम्रो पात्र हुने ती नेताले बताए । काठमाडौंमा कांग्रेसँग एकता गर्ने कुरा पनि चलिरहेको छ । तर कांग्रेसँग एकता नभएमा चाहिँ घिसिङ नै मेयरको उम्मेदवार हुने नेताहरुको दावी छ ।

एकता भएमा चाहिँ मेयरको उम्मेदवार कांग्रेसले उठाउने छ । काठमाडौंका पूर्व मेयर स्थापित फेरी पनि काठमाडौंमा मेयरका उम्मेदवार बन्दैछन् । उनले मेयर भएको बेलामा निकै राम्रो छाप छोडेकोले उनलाई टक्कर दिनुपर्ने अवस्था रहेको माओबादी नेताहरुले बताएका छन् । यसैबीच साझा पार्टीले पनि पूर्व सरकारी कर्मचारी किशोर थापालाई मेयरको पदमा उठाउँदैछ । यो बीचमा नाम कहलिएकाहरुको कडा टक्कर हुने देखिएको छ । घिसिङले चाहिँ यो विषयमा अहिले सम्म मुख खोलेका छैनन् । लोकान्तरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर