Aamsanchar

हर्न बजाउन नपाएपछि प्रियंका कार्की यसरी रिसाइन्

Author Image
बुधवार, वैशाख ६, २०७४

काठमाडौं ।

उपत्यकालाई हर्न निषेध गरिएको विषयमा अभिनेत्री प्रियंका कार्कीले कडा आपत्ति जनाएकी छिन् ।

यस विषयमा बोल्दै प्रियंकाले भनिन्, ‘सरकारले काठमाडौंलाई हर्न निषेधित क्षेत्र घोषणा गर्नु राम्रो कुरा हो । स्वागत योग्य पनि छ । तर, निषेधित क्षेत्र घोषणा हुनुभन्दा पहिले हुनुपर्ने पूर्व तयारी जुन हुनुपर्ने हो त्यो भएको छैन ।’

उनले भनेकि छिन्, ‘काठमाडौंको सडकमा ट्राफिक लाईटको राम्रो व्यवस्था छैन । सडक पनि त्यति व्यबस्थित छैन । पहिले यी कुराहरूको व्यवस्था भएको भए पो मानिसहरूलाई पनि ईमरजेन्सी परेको बेलामा मात्रै हर्न बजाउने हो भन्ने कुरा थाहा हुन्छ । अचानक हर्न निषेधित बनाउनु भनेको उल्टो जनताको रक्तचाप बढाउनु हो । हामी यस्तो देशमा बस्छौँ जहाँ मानिस, गाढी, साईकल, मेटरसाईकल, गाई, कुकुर लगायतको हिड्ने बाटो एउटै छ ।’

अभिनेत्री प्रियंकाले यस्तो ठाउँलाई एकैपटक हर्न निषेधित बनाउनुभन्दा बरु स्टेप बाईस्टेप बनाउनु राम्रो हुने सुझाव दिएकी छिन् ।

प्रियंकाले बाटो नै नभएको ठाँउमा जबरजस्ती हिँड भनेर जनतालाई सरकाले हुत्याएको आरोप लगाएकी छिन् ।-दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)