Aamsanchar

‘’ जापानमा झापा शनिश्चरेका खेमराज डाँगीको मृत्यु’’

Author Image
बिहिवार, वैशाख ७, २०७४

भरत शिवाकोटी

   [युएई]

वैदेशिक रोजगारीमा जानेहरुले तथा उनीहरुका अधिकांश परिवारले धेरै-थोरै धनको नै अपेक्षा गरेका हुन्छन | अझ राम्रो देश जानेहरुले तथा उनीहरुका परिवारले त निक्कै ठुला सपना समेत देखेका हुन्छन तर सबैका सपना कहाँ पुरा हुन्छन र ! जीवन न हो,जसको कुनै भर हुँदैन,कतिखेर जीवन कहाँनेर कुन मोडमा अस्ताउँछ कसलाई के थाहा | सबैले सोचे जस्तो कहाँ हुन्छ र !

करिब ८ महिना अघि वैदेशिक रोजगारीको नै मुख्य उदेश्य राखेर जापान छिरेका खेमराज र उनको परिवारको सपना पनि अन्य वैदेशिक रोजगारीमा जानेहरु तथा उनीहरुको परिवारको भन्दा भिन्न थिएन | तर सपना पुरा हुन पाएनन बरु त्यहि वैदेशिक रोजगारीले परिवारको साहारा खोस्यो,खुशी खोस्यो,कसैको सिन्दुर पुछिदियो त नाबालकको बाबाको काख खोसिदियो कहिल्यै नफर्कने गरि | झापा, शनिश्चरे – ३ घर भएका खेमराज डाँगी जापानको कामता राईस सेन्टर (बेन्तो ) सेक्सनमा विगत केहि समय देखि कार्यरत थिए | गत १५ अप्रिलमा कम्पनीद्वारा आयोजित एक डिनर पार्टीमा सहभागी भैरहेका डाँगी सोहि समयमा अचानक बेहोश भएर ढलेका थिए र तत्काल उनलाई उपचारका निमित्त नजिकको अस्पताल पुर्याए पनि उपचारको क्रममा नै सोहि दिन उनको निधन भएको थियो |

शवलाई नेपाल लैजान झन्झटिलो कानुनि प्रक्रिया तथा अन्य कठिनाई र धेरै खर्चिलो भएका कारण मृतक डाँगीको अन्त्येष्टि परिवारको अनुमति अनुसार जापानमा रहेका आफन्तको उपस्थितिमा आगामी अप्रिल २१ तारिख शुक्रबार दिनको २ बजे निशी गोताण्डा स्थित किरीगीया साईज्योउमा गरिने एनआरएन जापानका उपाध्यक्ष देविलाल भण्डारीले जानकारी दिएका छन | अन्त्येष्टी लगत्तै मृतक डाँगीको अस्तु नेपाल पठाउनको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको समेत भण्डारीले बताएका छन ।  जापानमा रहेका झापालीहरुको सामाजिक संस्था झापाली समाज जापानका महासचिव चुडामणि काफ्लेले अन्त्येष्टी कार्यक्रममा मृतक डाँगी प्रति श्रदान्जली दिनको लागि उपस्थित भईदिन हुन जापानमा रहनुभएका समस्त नेपालीहरुलाई अनुरोध गरेका छन ।

सहयोगी मनहरुलाई सहयोग गरिदिन हुन झापाली समाज जापानले अपिल गरेको समाजका महासचिव काफ्लेले जानकारी दिएका छन । डाँगीका परिवारमा श्रीमती, ६ बर्षका एक छोरा र बुवा-आमा रहेको जानकारी जापानमा रहेका मृतकका आफन्त राजकुमार कुँवरले जनाएका छन । झापाली समाज जापानका महासचिव एवं पूर्वी नेपाल विकास सहकार्य मन्चका झापाका सह-संयोजक समेत रहेका काफ्लेले मृतकको अस्तु परिवार समक्ष हस्तान्तरण गर्नुहुने बुझिएको छ |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर