Aamsanchar

१२१ जना मानव तस्करको पहिचान, सबै नेपाली

Author Image
बिहिवार, वैशाख ७, २०७४
काठमाडौं :
नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याई घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खुलेको छ।
घर मािलकको यातना सहन नसकी भागेर खाडी मुलुस्थित नेपाली दूतावास पुगेका महिलाले तस्करको पहिचान गरेका हुन्। पहिचान खुलेका सबै नेपाली छन्। पीडित महिलाको बयानका आधारमा खाडी राष्ट्र कुवेत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई) र ओमानस्थित नेपाली दूतावासले तस्कर तथा एजेन्टको नाम कारबाहीका लागि नेपाल पठाएका छन्।
परराष्ट्र मन्त्रालयले कारबाहीका लागि ती नाम श्रम मन्त्रालयमा पठाएको छ। ‘गत महिना हामी (युएईस्थित दूतावास) ले मात्र ४१ जना तस्करको नाम तथा ठेगाना पहिचान गरी कारबाहीका लागि पठाएका छौँ,’ युएईस्थित नेपाली दूतावास स्रोतले जानकारी दियो, ‘हामीले पठाएका तसकरको नाम परराष्ट्रले कारबाहीका लागि श्रम मन्त्रालयमा त पठाउँछ, तर आजसम्म एक जनालाई पनि कारबाही भएको जानकारी पाएका छैनौँ।’
तस्करले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतको विमानस्थलमार्फत खाडी राष्ट्रमा पुर्‍याएर घरेलु कामदारका रुपमा बेचिएका महिला नारकीय जीवन बिताउन बाध्य छन्।-नागरिक दैनिक
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर