Aamsanchar

तेह्रथुममा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

Author Image
बिहिवार, वैशाख ७, २०७४

तेह्रथुम।

गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

चट्याङले फेदाप गाउँपालिका–५, सम्दुकी ५३ वर्षीया फितरानी राईकोे घटनास्थलमै ज्यान गएको सक्रान्तिबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा अचानक चट्याङ परेको थियो । चट्याङ लागेर गीता राई र टेकबहादुर राई घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर