Aamsanchar

एक्युप्रेसर तथा सुजोग पद्धतिद्वारा निःशुल्क उपचार

Author Image
शनिवार, वैशाख ९, २०७४

झापा।

मारवाडी सेवा समिति बिर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घुडाँ दुख्ने, टाउको दुख्ने, मोटोपन, सर्वाइकल पेन, थाइराइड लगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्धतिद्वारा निःशुल्क उपचार शिविर बिर्तामोडमा शुरु गरेको छ ।
११ दिनसम्म चल्ने शिविरमा एक्युप्रेसर पद्धतिबाट उपचार गरिने शिविर आयोजक समितिका संयोजक भगवाद दास सिंगलले जानकारी दिनुभयो ।
१८ गते सोमबारसम्म सञ्चालन हुने शिविरमा मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च र मारवाडी कन्या मञ्चको संयुक्त आयोजना रहेको छ ।
शिविरमा डा. लक्ष्मीनारायण स्वामी, डा. अरविन्द कुमार र डा. अभिजितले  सेवाग्राहीको स्वास्थ्य जाँच गरिरहनुभएको छ । एक्युप्रेसर रिसर्च एण्ड टिर्टमेन्ट इस्टिच्युट जोधपुर राजस्थान भारतको प्राविधिक सहयोगमा शिविर शुरु भएको बताइएको छ ।


शिविरको उद्घाटन नेपाल मारवाडी परिषद्का केन्द्रीय सचिव उमेश डालमियाले शुक्रवार गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर