Aamsanchar

बिर्तामोडमा क्यान्सरबारे सचेतना

Author Image
शनिवार, वैशाख ९, २०७४
बिर्तामोड, बैशाख ९। झापाको बिर्तामोडमा शनिबार क्यान्सर रोगबारे एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, वीरता लेडी जेसीज र मेची मार्केटिङ एसोसिएसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले प्राविधिक सहयोग प्रदान गरेको थियो ।
रेडक्रस सभापति सजेश शिवाकोटी र वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराईको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले गरेका थिए । प्रमुख अतिथि डा. श्रेष्ठले सचेतनाको अभावले क्यान्सरका कारण मानिस मृत्युवरण गर्न बाध्य भएको बताउँदै सामान्य सजगता अपनाउने हो भने क्यान्सरबाट बच्न सकिने बताए ।
रेडक्रस सोसाइटी बिर्तामोडका सचिव एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा आस्थावाचन विमला भट्टराई र स्वागत नैनकला भट्टराईले गरेकी थिइन् ।
कार्यक्रममा क्यान्सर हस्पिटलका मेडिकल डाइरेक्टर डा. बिजेस घिमिरे, डा. गिसुप प्रसिको, डा. हरिप्रसाद ढकाल, डा. अञ्जु श्रेष्ठ, डा. अमृत कोइराला, हस्पिटलकी बोर्ड सदस्य स्वरुपा श्रेष्ठले क्यान्सर रोगको कारण, बच्ने उपाय र उपचारबारे सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रममा सहभागीको विभिन्न जिज्ञासाको जवाफ समेत विशेषज्ञ चिकित्सकहरुले दिएको हस्पिटलका अपरेशन प्रमुख सुरज बस्नेतले जानकारी दिए ।
रेडक्रस सभापति सजेश शिवाकोटीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा २ सय बढीको सहभागिता रहेको आयोजक मध्येको मेची मार्केटिङ एसोसिएसनका अध्यक्ष याम कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर