Aamsanchar

बुधबारेमा सनराईजको एटीएम र लकर सुविधा

Author Image
आइतवार, वैशाख १०, २०७४

(गोपाल अधिकारी)

अर्जुनधारा।

झापाको बुद्धशान्ति गाँउपालिका(साविक बुधबारे गाविस)मा आइतबारदेखि पहिलोपटक सनराईज बैंक लिमिटेडले एटीएम र लकर सुविधासहित ६९औं शाखाकोरुपमा आफ्नो सेवा शुरु गरेको छ ।
बैंकका सिइओ रत्नराज बज्राचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा शाखाको प्रमुख अतिथि उद्योग वाणिज्य संघ बुधबारेका अध्यक्ष गोविन्द पौड्याल र एटीएमको विशेष अतिथि वरीष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले उद्घाटन गरेका थिए ।

प्रविद्यिमा आधारित बैंकीङ सम्बन्धी सुविधाहरु प्रदान गर्दै स्थानीयहरुको बैंकमा पहुँच पु¥याउने उद्धेश्यले स्थापना गरिएको शाखाले उनीहरुलाई प्रविद्यिबारे जानकारी गराउन विभिन्न अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन गर्ने सिइओ बज्राचार्यले बताए ।

 

बैंकका डीजीएम रविनकुमार नेपालले बैंकको गतिविधि र शाखाको औचित्यबारे जानकारी गराएको कार्यक्रममा एक्सल डेभलपमेन्ट बैंकका दिनेशकुमार पोखरेल, नेपाल विद्युत प्राद्यीकरण बिर्तामोडका प्रमुख राजिवकुमार सिंह, इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख सई खेमनारायण श्रेष्ठ, ज्येष्ठ नागरिक समाजका अध्यक्ष लीला ढकाललगायतको आतिथ्यता रहेको थियो ।

शाखा प्रमुख तेजबहादुर मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन रेवतीरमण नेपालले गरेका थिए । मुख्य कार्यालय काठमाण्डौंमा रहेको बैंकको देशभर चार लाख भन्दा बढी ग्राहकहरु रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर