बैतडी ।
गोरुले हान्दा बैतडीमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–६ का अमर कुँवरकी नौ वर्षीया छोरी जानकी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
घर नजिकै गोरु चराइरहेका बेला एक्कासी गोरुले हानेर गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा आज दिउँसो बाटोमै मृत्यु भएको हो ।
मृतक बालिका स्थानीय केदार प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन् । शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 110