Aamsanchar

झापाका १६ दलले मात्र दलको चुनावी चिन्ह पाउने

Author Image
सोमवार, वैशाख ११, २०७४

 

(नरेन्द्र ढकाल)

झापा,


दलका नेताहरुले स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेद्वारी घोषणा गरिरहेका बेला झापामा १६ दलले मात्र दलको चुनाव चिन्न लिएर मात्र चुनावमा भाग लिन पाउने भएका छन् ।

संसद्मा प्रतिनिधित्व गर्ने दलले मात्रै आफ्नो चिह्नमा चुनावी प्रतिस्पर्धा गर्न पाउने प्रावधानअनुसार मेचीका १६ दलले आफ्नो चिह्नमा चुनाव लड्न पाउने भएका छन् । आउँदो स्थानीय तह निर्वाचनमा आफ्नो चुनाव चिह्नमा लड्न नपाउने दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा मात्रै चुनाव चिह्न दिने भएको छ ।

मेचीका झापा सहित इलाम, पाँचथर र ताप्लेजुङका निर्वाचन कार्यालयमा ३१ दलले आउँदो चुनावी प्रयोजनका लागि विवरण अध्यावधिक गराएका छन् । तर, यीमध्ये १६ दलले मात्रै आफ्नो दलको चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धा गर्न पाउने भएका हुन् । आयोगले जिल्लास्थित निर्वाचन कार्यालयमा पठाएको विवरणअनुसार झापामा १६, इलाममा ८, पाँचथरमा ७ र ताप्लेजुङमा ५ दलले मात्रै आफ्नो चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न पाउने देखिएको छ ।

झापामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), सद्भावना पार्टी, नेकपा माले, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नेपाल सद्भावना पार्टी, जनजागरण पार्टी नेपाल र राष्ट्रिय मधेस समाजवादी पार्टी दलकै चुनावी चिह्नमा चुनावमा जाँदैछन् ।

झापामा नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल पिपुल्स पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेकपा (माक्र्सवादी), विवेकशील नेपाली, चुरे भावर राष्ट्रिय एकता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माले–जनसमाजवादी), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रवादी पार्टी र शान्ति पार्टी चुनावमा स्वतन्त्र चिह्न लिएर मात्र चुनावमा उठ्न पाउने भएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

झापामा ३१ दल सूचीकृत भएपनि १६ दलले मात्रै दलको चुनावी चिन्ह प्राप्त गरेको र उनीहरुले दलीय चुनाव चिन्हमा निर्वाचनमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आर्चायले जानकारी दिए । उनले अन्य दलहरुले स्वतन्त्रको रुपमा उम्मेद्वारी दिन पाउने आर्चायले बताए । आयोगमा दर्ता नभएका तर क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाएका दलले पनि स्वतन्त्र चुनाव चिह्नमा मात्रै उम्मेदवार उठाउन पाउने निर्वाचन आयोग प्रवक्ता सूर्य शर्माले जानकारी दिए ।

आउँदो चुनावका लागि भने संसद्मा भएको सांसद संख्याका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रम मिलाइएको आयोगले जनाएको छ । यो आधारमा नेपाली कांग्रेसको रुख चिह्न सबैभन्दा माथि, दोस्रोमा नेकपा एमालेको सूर्य, तेस्रोमा नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौंडालगायत क्रमसः चुनाव चिह्नका रूपमा मतपत्रमा राखिने छन् ।
यसैबीच सरकार र मधेसवादी दलहरुसंग शनिबार भएको वार्तामा सहमति भएपछि निर्वाचन दुई चरणमा हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरण बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ नम्बरको र दोस्रो चरणमा जेठ २९ गते १, २, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन गराउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । पूर्वको झापा सहितका जिल्लामा पनि जेठमा मात्रै निर्वाचन हुने भएपछि दलका नेताहरु निर्वाचनका कार्यक्रमलाई अझ ब्यपाक र विस्तारित गर्ने योजनामा रहेका छन् ।
यता निर्वाचन आयोगबाट कुनै निर्देशन नआएकाले निर्वाचनको कार्यक्रमहरुलाई अगाडी बढाउने काम झापामा नरनेकिएको जिल्ला निर्वाचन कार्यालयका आर्चायले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर