Aamsanchar

ब्रेकफेल भई बस दुर्घटना, ३५ घाईते

Author Image
सोमवार, वैशाख ११, २०७४

धनकुटा।

कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका ९ स्थित पाँचगोलाईमा सोमबार अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार ३५ जना घाईते भएका छन्।

घाईतेहरुको तत्काल पहिचान खुल्न सकेको छैन्। संखुवासभावाट यात्रु लिएर धरानतर्फ आउँदै गरेको को १ ख ४०७२ नम्बरको बस व्रेकफेल भई सडकमा पल्टिदा सो दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाईतेहरुलाई उपचारकालागी धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। बसका चालक तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर