Aamsanchar

लागूऔषधसहित दुई पक्राउ

Author Image
मङ्गलवार, वैशाख १२, २०७४

सुनसरी।

सुनसरीको धरान-१ स्थित पशुपती चोकबाट प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ४ बजेतिर धरान-१८ बस्ने ४० बर्षिय सुरेन्द्र राई लाई चेकजाँच गर्ने क्रममा उनको साथबाट एभिल १ एम्पुल, डाईजलोप २ र लुपिजैसिक २ गरी जम्मा ३ एम्पुल बरामद गरेसंगै राईलाई सोधपुछ गर्दा उक्त लागूऔषध धरान११ बस्ने अन्दाजी बर्ष २५ बर्षिय समिर तामाङ्ग संग खरिद गरेको बताएपछी प्रहरीले तामाङ्गको घर पछाडी झोलामा लुकाई राखेको अबैध लागूऔषध एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल , लुपीजैसीक १० एम्पुल, गरी जम्मा ३० एम्पुल बरामद गरेको हो।

बरामद लागूऔषधसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ। यता धरान २७ बस्ने २१ बर्षिय सुजन पौडेल र सोही ठाउँका १९ बर्षिय सुशिल लिम्बुलाई प्रहरीले सोमबार दिउँसो १ बजेतिर ९०० ग्राम गाँजासहित पक्राउ गरेको छ।

उनीहरुलाई अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाको टोलीले पक्राउ गरेको हो। दुवैजनालाई इलाका प्रहरी कर्यालय धरानाम राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१