सोलूखुम्बु,
सोलुखुम्बुको दुधकुन्ड नगरपलिका-१ स्थित टाक्सिन्दु गुम्बाको शिक्षक सोही ठाउँका अन्दाजी ३० बर्षिय मिङमार शेर्पाको सोमबार रुखले किचेर ज्यान गएको छ।
सोही नगरपलिकामा रहेको टाक्सिन्दु जंगलमा खानेपानीको पाईप बिछ्याउन गएका शेर्पालाई रुखको मुडाले किचेर घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कर्यालय सोलूखुम्बु तथा प्रहरी चौकी नुनथलाबाट प्रहरीको टोली खटिगई आवश्यक कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 125