Aamsanchar

पाथीभरा खबर साप्ताहिक प्रकाशन

Author Image
मङ्गलवार, वैशाख १२, २०७४

ताप्लेजुङ ।

समाज परिवर्तन र विकासका लागि टेवा पु¥याउने उद्देश्यले ताप्लेजुङका पत्रकारले पाथीभरा खबर साप्ताहिक पत्रिका प्रकाशनमा ल्याएका छन् ।

हरेक समुदायलाई आफ्ना हकअधिकारलगायतका बारेमा सुसूचित गराउँदै ग्रामीण क्षेत्रको विकासका लागि आवश्यक गतिविधि समेटेर पत्रिका प्रकाशनमा ल्याइएको सम्पादक मण्डलले बताएको छ ।
प्रत्येक साताको सोमबार प्रकाशन हुने उक्त पत्रिका ताप्लेजुङसहित पाँचथर, तेह्रथुम, इलाम र झापासम्मका पाठकवर्गसम्म पु¥याउने योजना रहेको कार्यकारी सम्पादक सीताराम गुरागाईंले बताउनुभयो । उहाँका अनुसार अनलाइन खबर सेवासमेत सञ्चालनमा ल्याउने तयारी भएको छ ।

पछिल्लो समय ताप्लेजुङमा विद्युत्को केन्द्रीय प्रसारण लाइन जडान भएसँगै स्थानीय सञ्चारमाध्यम (एफएम) रेडियो नियमित सञ्चालन गर्न सहज भएको छ भने दैनिक र साप्ताहिक पत्रपत्रिका पनि प्रकाशनमा आउन थालेका छन् ।

यसअघि विद्युत् अभावकै कारण सञ्चारमाध्यम नियमित सञ्चालनमा कठिनाइ थियो । हाल ताप्लेजुङमा तीनवटा एफएम रेडियो प्रसारणमा रहेका छन् भने दैनिक एक र केही साप्ताहिक पत्रपत्रिका प्रकाशनमा रहेका छन् । सञ्चार क्षेत्रकोे विकास र विस्तारसँगै समाज परिवर्तन र राष्ट्र विकासमा सहयोग पुग्ने सरोकारवालाको विश्वास छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१