Aamsanchar

अल्ट्रा धाविका मीरा राईलाई सम्मान

Author Image
मङ्गलवार, वैशाख १२, २०७४

इटहरी ।

किरात मञ्च नेपालको आयोजनामा इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित कार्यक्रममा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ ।

किरात राई यायोक्खाको तयारारिप्ची भवनमा भएको सम्मान कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले उक्त नगद पुरस्कारसहित सम्मानपत्रबाट मीरा राईलाई सम्मान गरिएको हो ।

नेता किरातीले अल्ट्रा धाविका राईलाई रु ५० हजार नगद एवम् सम्मानपत्र प्रदान गर्नुहुँदै राईले सानै उमेरमा पु¥याउनुभएको योगदान नेपालका लागि उच्च मूल्याङ्कनयोग्य रहेको कुरामा जोड दिनुहुँदै एक आदिवासी जनजाति किशोरीले विश्वमा नै धाविका बनेर नेपाल चिनाउने साहसिक काम गरेकोमा गौरव गर्नु पर्दछ भन्नुभयो ।

नेसनल ज्योग्राफी एन्ड नेचर एडभेन्चर्स अफ द इयर–२०१६ की बिजेता भोजपुरकी मीरा राईलाई सम्मान गर्न पाउनु पनि गौरवको विषय भएको उल्लेख गर्नुहुँदै नेता किरातीले मीरा राईप्रति हामी नेपालीले गौरव गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

किरात मञ्च नेपालले किरात राई सुन्नीमा सङ्घ, सुनसरी, किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति, सुनसरी र किरात राई सुन्नीमा प्रारम्भिक कार्य समिति, सुनसरीले उहाँलाई सम्मान गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर