Aamsanchar

दमक सेमीफाइनलमा प्रवेश

Author Image
मङ्गलवार, वैशाख १२, २०७४

(अनिल वाग्ले )

बुधबारे,


झापाको बुद्धशान्ति १ होक्सेमा जारी जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामा पहिलो चरणका खेलहरु सकिएका छन् ।
होक्से क्रिकेट टिमले आयोजना गरेको प्रतियोगितामा मंगलबार भएको क्वाटर फाइनलको खेलमा भोइस अफ युथ शान्तिनगरलाई ३ विकेटले हराउँदै न्यु दमक क्रिकेट टिम सेमीफाइनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको शान्तिनगरले १७ ओभरमा अलआउट हुँदै ६३ रन बनाएको थियो ।

जवाफी व्याटिङमा उत्रेको दमकले १४.२ ओभरमा ७ विकेटको नोक्सानीमा ६४ रनको लक्ष्य भेटएको थियो । प्रतियोगितामा ३ ओभरमा १० रन खर्चेर ४ विकेट लिने दमकका क्याप्टेन बोधराज आचार्य म्यान अफ दि म्याच घोषित भए ।

बुधबारदेखि सेमीफाइनलका खेलहरु हुने र फाइनल प्रवेशका लागि बुधबार धाइजन क्रिकेट टिम र शनिअर्जुन क्रिकेट टिम आम्ने साम्ने हुने आयोजकले जनाएको छ । ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल १६ गते हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर