Aamsanchar

‘’पोर्चुगलमा प्रवासी नेपाली मञ्चको अधिवेशन सम्पन्न’’

Author Image
मङ्गलवार, वैशाख १२, २०७४

भरत शिवाकोटी,

   [युएई]

नेकपा (एमाले) को प्रवासमा रहेको संगठन प्रवासी नेपाली मञ्च,पोर्चुगल अन्तर्गत आल्गार्भ क्षेत्रीय कमिटीको तेस्रो अधिवेशन २४ अप्रिल २०१७ मा भिलामोरा कोर्तेरामा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मञ्च, पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनको अतिथिहरुमा मञ्चका वरिस्ठ उपाध्यक्ष रोबर्ट लिम्बु, उपाध्यक्ष प्रेमलाल नेपाली, गैर आवासिय नेपाली संघका क्षेत्रीय अध्यक्ष अनिल शर्मा, नारी समाज पोर्चुगलकी उपाध्यक्ष तनुजा प्रसाईं, क्षेत्रीय उपाध्यक्ष प्रिया श्रेष्ठ, एनआरएनका पुर्व अध्यक्ष बिष्णु बराल लगायत विभिन्न संघ-संगठनका प्रतिनिधिहरु रहेका थिए भने सो क्षेत्रमा रहेका एमाले नेता तथा कार्यकर्ताहरु,शुभचिन्तक, शुभेच्छुक एवं एमाले प्रेमी तथा नेपालीहरुको समेत उपस्थिति रहेको थियो |

अधिबेशन उदघाटन गर्दै प्रमुख अतिथी प्रवासी नेपाली मञ्च, पोर्चुगलका अध्यक्ष गोविन्द पौडेल ले प्रवासमा राजनैतिक संघ-संगठनका रुपमा रहेपनी प्रमुख काम भनेको यहाँका नेपालीहरुलाई परेका सामाजिक समस्याहरु समाधान गर्न हातेमालो गर्ने नै हो भन्दै त्यसै तर्फ आफुहरु केन्द्रित रहेको बताएका थिए |

उनले नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा देशको विकास र सम्रिद्दीका खातिर आफ्नो मातृ पार्टी नेकपा (एमाले) का देशैभरिका उम्मेदवारहरुलाई विजयी गराउन प्रवासमा नै रहेर वा सम्भावना भए घर फर्किएर जनलहर सृजना गर्दै सुर्यमा मतदान गर्न, सामाजिक संजालहरु प्रयोग गर्न उपस्थित सबैलाई अनुरोध गरेका थिए ।

वरिस्ठ उपाध्यक्ष रोबर्ट लिम्बुले आउँदै गरेको गैर आवासिय नेपाली संघ, पोर्चुगल को अधिबेशनमा प्रवासी नेपाली मञ्चको भूमिका तथा संगठनका कामहरुका बारेमा चर्चा एवं प्रकाश पारेका थिए भने गैर आवासिय नेपाली संघका क्षेत्रीय अध्यक्ष अनिल शर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए |

अधिबेशनबाट पिताम्बर शर्मा (तिमिल्सिना) को अध्यक्षतामा पछी २ सदस्य थप्ने गरि  २१ सदस्य कमिटी चयन भएको प्रवासी नेपाली मञ्च, पोर्चुगलका अध्यक्ष गोविन्द पौडेल ले जानकारी दिएका छन | जसको वरिस्ठ उपाध्यक्षमा अभिषेक आचार्य,उपाध्यक्ष बिक्रम रिमाल र जलबिर राई, सचिवमा प्रेम राई, सह-सचिवमा पशुपति तामाङ ,दिपक वाग्ले , सुरज आचार्य ,गिता बराल र कोषाध्यक्षमा महिन्द्र शर्मा (काफ्ले) चयन भएका छन भने प्रवक्ता बिजय वाग्ले र सदस्यहरु क्रमशः विशाल राना,माधब भन्डारी,अप्सरा सिग्देल, मोहन शर्मा ,अमृता रिमाल(लम्साल) , योगेश गुरुङ, किरण बिक र चित्र गुरुङ  रहेका छन ।

क्षेत्रीय कमिटीका अध्यक्ष बिष्णु प्रसाइको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनको संचालन पिताम्बर तिमिल्सिना ले गरेका थिए भने स्वागत मन्तव्य प्रेम राईले राखेका थिए |

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर