Aamsanchar

नेपाल–चीन संयुक्त सैन्य अभ्यासको समापन

Author Image
मङ्गलवार, वैशाख १२, २०७४

काठमाडौँ।

नेपाली सेना र चीनको जनमुक्ति सेनाको विशेष फौजहरूबीच यही वैशाख ३ गतेबाट सञ्चालन भएको नेपाल–चीन संयुक्त सैन्य अभ्यासको महाराजगञ्जस्थित सैनिक ब्यारेकमा आज समापन भएको छ ।

संयुक्त सैन्य तालिमको समापनको क्रममा उक्त समारोहलाई सम्बोधन गर्दैै बलाधीकृत रथी बलदेव महतले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच प्रथमपटक सञ्चालन भएको संयुक्त सैन्य तालिमले दुवै देशका विशेष फौजको प्रतिआतङ्कवाद कारबाहीसम्बन्धी अनुभवहरू आदान–प्रदान भई भविश्यमा आइपर्ने चुनौतीको सामना गर्न थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संयुक्त सैन्य तालिमको निरीक्षकको रुपमा आउनुभएका चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल ज्याङ जियाङ्गङ्गले यस प्रकारका संयुक्त सैन्य तालिमहरूले दुईपक्षीय सैनिक सम्बन्ध अरु सुमधुर पार्न सहयोग पुग्नुको साथै दुई देशको सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो ।

तालिमको समापन हुनुअघि संयुक्त सैन्य तालिममा सहभागी दुवै देशका फौजले संयुक्त प्रदर्शन गरेको होस्टेज रेस्क्युमा आधारित प्रतिआतङ्कवादसम्बन्धी कारबाहीहरूको प्रधानसेनापति राजेन्द्र क्षत्री तथा नेपालका लागि चिनियाँ राजदूत यु होङले अवलोकन गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)