Aamsanchar

सत्र वर्षपछि विद्युत्, स्थानीयवासी हर्षित

Author Image
बुधवार, वैशाख १३, २०७४

पाल्पा ।

सत्र वर्षपछि रामपुर नगरपालिका वडा नं ४, ५ र ७ का सबै गाउँबस्ती र टोलमा बिजुली विद्युतीकरण गरिएको छ ।

नगरपालिकाको केन्द्र नजिकै रहेका वडा नं ४ को छत्तिवनडाँडा, भइनडाँडा र तल्लो गिजिनडाँडा वडा नं ५ को बहखोला, वडा नं ६ को बाहुनडाँडा, भन्ज्याङबारी, सर्पराज, मुढीखोप, गोलैचे, गैराबारी, विक्रम्दी, कुसुण्डेमा विद्युत् विस्तार गरी बत्ती बलेपछि गाउँवासी दङ्ग छन् ।

बहखोलाका ८५ वर्षीय शोकमान श्रेष्ठले गाउँमा बिजुली बल्छ भन्ने आशा कहिल्यै नगरेको बताउँदै बिजुलीको उज्यालोमा बस्न पाउँदा आफूलाई रमाइलो लागेको बताउनुहुन्छ ।

बिजुली बत्ती बलेपछि यहाँका करिब दुई सय घरपरिवारका सदस्य प्रत्यक्ष लभान्वित भएका छन् । विद्युतीकरणका लागि नेपाल सरकारको केन्द्रीय बजेटअन्तर्गतको १९ लाख ८० हजार, रामपुर नगरपालिकाको आर्थिक वर्ष २०७२÷७३ को रु आठ लाख २५ हजार, उपभोक्ता घरधुरीबाट उठाइएको रु चार लाख ९५ हजार गरी जम्मा रु ३३ लाखको लागतमा योजना सम्पन्न भएको उपभोक्ता समितिका अधयक्ष दोवराज तिवारीले बताउनुभएको छ ।

विसं २०५७ असारमा साबिक रामपुर गाविसका बजार नजिकका केही वडाका गाउँ, टोलबस्तीमा बिजुली बले पनि लामो समयपछि साबिकको वडामा गाउँमा बत्ती बाल्न सफल भएको अध्यक्ष तिवारीले बताउनुभयो । बुटवल पावर कम्पनीमार्फत विद्युतीकरण गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर