Aamsanchar

अनुभवी दलालहरु आए,अब बिर्तामोडबाटै शेयर कारोबार

Author Image
बुधवार, वैशाख १३, २०७४

सुमेरु सेक्युरिटीजका दलालहरुबाट काम सुरु


बिर्तामोड  ।

सेयर दलालहरुले राजधानी बाहिरबाट पनि लगानीकर्ताहरुलाई सेयर किनबेचको सुबिधा पुर्याउने क्रममा धमाधम शाखा बिस्तार गरिरहेको बेला ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिजले झापाको बिर्तामोडमा शाखा बिस्तार गरेको छ ।
सुमेरुले नेपाल स्टक एक्सचेन्जबाट अनुमति प्राप्त गरी चैत्र २० गते आईतबारदेखि शाखाबाट सेयर किनबेच कारोबार थालेको कम्पनीका संचालक प्रेम अग्रवालले बताए । सुमेरुले शनिश्चरे रोडको डेनियल होटलसँगैको बाबा कम्प्लेक्स भवनमा कार्यालय खोली सेयर कारोबार सुरु गरेको अग्रवालले बताए ।
उनले शाखा बिस्तारका लागि झापा जिल्ला नै रोज्नुमा घना जनसंख्या, आर्थिक आधार, राजधानीबाट टाढाको दुरी र सेयर बजारमा लगानी गर्न चाहनेहरुको पर्याप्तता नै मुख्य आधार रहेको बताए ।
झापाली लगानीकर्ताहरुलाई सेयर किनबेचका साथै सेयर प्रमाणपत्र अभौतिकीकरण, हितग्राही खोल्नेलगायतका कामहरु पनि गरिने जनाईएको छ ।
नयाँ ठाउँ भएकाले सेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरुलाई सेयर बजारको अवसर र जोखिमबारे जानकारी दिएर सुरक्षित लगानीका लागि प्रोत्सािहत गर्ने काम गर्न ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिजले प्रशिक्षण लगायतका विभिन्न कार्यक्रम अघि बढाउने बताइएको छ । ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिजको औपचारिक उद्घाटन यही वैशाख १७ गते आइतबार हुने सञ्चालक अग्रवालले बताए ।
बिर्तामोड राजधानीबाहिरको प्रमुख व्यापारिक केन्द्रहरुकै रुपमा विकसित हुँदै गरेको अवस्थामा यस क्षेत्रमा शेयर कारोबार गर्ने दलालहरु पनि आकर्षित हुन थालेका छन् । बिर्तामोडमा कार्यालय स्थापना गरेको दुई सातामै सुमेरु सेक्युरिटीजले यस क्षेत्रका व्यवसायीहरुको ध्यानाकर्षण गर्न सफल भएको छ ।
सुमेरु सेक्युरिटीजले शेयर कारोबारमा बनाएको उच्च छविका कारण नयाँ लगानीकर्ता पनि आकर्षित हुँदै गरेको बताइएको छ । सुमेरुले शेयरमा लगानी गर्न इच्छुकहरुलाई शेयर खरिदर विक्री प्रक्रियाका साथै यसबाट प्राप्त हुने मुनाफा लगायतका विषयमा विषयगत प्रशिक्षणहरुको तयारी गरेको बुझिएको छ । व्यवस्थित र विश्वसनीय रुपमा सुमेरुले कारोबार गर्दै आएको बताउँदै सञ्चालक अग्रवालले भने– ‘शेयर कारोबारमा हामी यस क्षेत्रका लगानीकर्ताको मन जित्ने छौं र उहाँहरुलाई शेयर व्यवसायीको रुपमा स्थापित गर्नेछौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर