Aamsanchar

होक्सेमा जारी टी २० क्रिकेटमा धाइजन उपाधि नजिक

Author Image
बुधवार, वैशाख १३, २०७४

(अनिल वाग्ले)

बुधबारे,


झापाको बुद्धशान्ति १ होक्सेमा होक्से क्रिकेट क्लवले आयोजना गरेको झापा जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामा धाइजन क्रिकेट टीम उपाधि नजिक पुगेको छ ।
बुधबार भएको पहिलो सेमीफाइनल खेलमा शनिअर्जुन क्रिकेट टीमलाई २० रनले हराउँदै धाइजन उपाधि नजिक पुगेको हो । १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको धाइजनले उत्कृष्ठ खेल खेल्दै शनिअर्जुनलाई १६.५ ओभरमा अलआउट गरेको थियो । सबै विकेट गुमाउँदा शनिअर्जुनले मात्र ६४ रन बनाउन सक्यो ।

प्रतियोगितामा ४ ओभर वलिङ गर्दा २४ रन खर्चिएर ४ विकेट लिने र टिमका लागि ११ रन जोड्ने धाइजनका क्याप्टेन अशोक सुब्बा म्यान अफ दि म्याच भए । बिहीबारको दोस्रो सेमीफाइनल खेल न्यु दमक क्रिकेट टिम र इटाभट्टा क्रिकेट टिम बीच हुने आयोजकका समन रिजालले जनाएका छन् ।
जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल शनिबार हुनेछ भने वितेजाले नगद १५ हजार र ट्रफी तथा उपविजेताले नगद ७ हजार र ट्रफी पाउने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)