Aamsanchar

निर्वाचन मिति रद्द गर्न माग

Author Image
बिहिवार, वैशाख १४, २०७४

झापा ।

नेपाल संघीय समाजवादी पार्टीले निर्वाचनको मिति रद्द गर्न माग गरेको छ । राजनीतिक दलहरुलाई चुनाव चिन्ह नदिई स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै आपत्ति जनाउदै यस्तो माग गरेको हो ।
पार्टीका वरिष्ठ नेता वीरबहादुर लामाद्वारा जारी विज्ञप्तीमा नेपाल सरकारले संविधान प्रति सबै वर्ग तह, जात जाती र समुदायको अधिकारलाई समाबेश गरी जनताको अपनत्व बढाई निर्वाचनको घोषणा क्रमश संघ प्रदेश र स्थानीय तहको गर्नु पर्नेमा बहुदलिय प्रतिस्पर्धाको मर्म र आफैले जारी गरेको वर्तमान संविधानको भावना विपरित राजनितिक दलहरुलाई चुनाव चिन्ह नदिई ३ दलिय सिन्डीकेटले घोषणा गरेको भनिएको छ ।
जेष्ठ ३१ गते घोषणा गरिएको दोस्रो चरणको निर्वाचन मुस्लिम समुदायको पवित्र व्रत्र रमजानको १ महिने उपवासलाई अपेक्षा गर्दै जवरजस्ती मुस्लिम दाजुभाई दिदी वहिनीहरुको भावनामा चोट पु¥याएको भन्दै पार्टीको गम्भीर ध्यानआकर्षण भएको जनाएको छ ।
बिज्ञप्तीमा राज्यले सबै धर्म र संस्कृतिको सम्मान गर्नुपर्नेमा त्यसको समेत खिल्ली उडाएको भन्दै असन्तुष्ट पक्षको माग सम्बोधन गरी अव्यवहारिक अवैज्ञानिक निर्वाचन मिति रद्द गरी नयाँ निर्वाचन मिति घोषणा गर्न माग गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)