Aamsanchar

खोलामा नुहाउँदा मृत्यु

Author Image
बिहिवार, वैशाख १४, २०७४

झापा,

सप्तकोशी नदीमा नुहाउने क्रममा एक वालिकाको डुवेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको बराह नगरपालिका– १ स्थित पूर्ण तामाङकी ९ वर्षीया छोरी प्रकृति तामाङ रहेकी छिन् । कोशीको सानो भङ्गालोमा नुहाउने क्रममा उनलाई वुधवार नदीले बगाएर वेपत्ता बनाएको थियो ।

वेपत्ता बनेकी बालिकाको इलाका प्रहरी कार्यालय चतराले उनको शव नदीको दक्षिण २ सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर