Aamsanchar

टी २० क्रिकेटमा उपाधिका लागि दमक र धाइजन भिड्ने

Author Image
बिहिवार, वैशाख १४, २०७४

बुधबारे,

झापाको बुद्धशान्ति १ होक्सेमा होक्से क्रिकेट क्लवले आयोजना गरेको झापा जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधिका लागि धाइजन क्रिकेट टीम र न्युदमक क्रिकेट टिम भिड्ने भएका छन् ।

बिहिबार भएको अन्तिम सेमीफाइनल खेलमा इटाभट्टा क्रिकेट टीमलाई ३ विकेटले हराउँदै दमक उपाधि नजिक पुगेको हो ।

टस हारेर व्याटिङको निम्तो पाएको इटाभट्टाले १२८ रन बनाएको थियो भने जवाफी व्याटिङमा उत्रेको न्यु दमकले १९ ओभरको समाप्तीमा लक्ष्य भेटएको थियो । टिमलाई जित दिलाउन महत्वपूर्ण रन बटुलेका दमकका बोधराज आचार्य म्यान अफ दि म्याच घोषित भए । यस अधि बुधबार भएको पहिलो सेमीफाइनल खेलमा शनिअर्जुन क्रिकेट टीमलाई २० रनले हराउँदै धाइजन उपाधि नजिक पुगेको थियो ।

जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल शनिबार हुनेछ भने वितेजाले नगद १५ हजार र ट्रफी तथा उपविजेताले नगद ७ हजार र ट्रफी पाउने क्लवका सचिव समन रिजालले जनाएका छन् । प्रतियोगिताको मुख्य प्रायोजक तीनतले सामुदायिक वन उपभोक्ता समिति रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर