Aamsanchar

‘’गायक जोहेबको ‘म यस्तो गीत गाउँछु..’ अब रिमिक्समा’’

Author Image
शुक्रवार, वैशाख १५, २०७४

भरत शिवाकोटी

  [युएई]

विगत २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील रहदै सांगीतिक आकाशमा लोकप्रिय गायक को नाम हो जोहेब मानन्धर | कुनै समय हरेक संगीतप्रेमी नेपालीको जिब्रोमा झुन्डीएको गित ‘म यस्तो गीत गाउँछु..’ जब नेपाली चलचित्र ‘’प्रेमगीत’’ मा समावेश गरियो तत्पश्चात यस गीतको लोकप्रियता झनै चुलिएको थियो ।

दर्शक तथा श्रोताको ध्यान केन्द्रित गर्न सक्ने स्वरका धनि गायक जोहेब मानन्धर नेपाली संगीत पारखीहरुको मन-मस्तिष्कमा बस्न सफल त भएका छन नै सँगै संगीत साधनामा समेत उत्तिकै व्यस्त छन । थुप्रै गीतहरुको भिडियो रिलिजको तयारीमा लागिरहेका जोहेबको नयाँ रिमिक्स म्युजिक भिडियो गत १६ अप्रिल २०१७ मा सार्वजनिक भएको छ ।

गायकले नयाँ वर्ष २०७४ सालको अवसरमा नेपाली संगीत पारखी तथा हजारौं फ्यानहरुलाई उपहार स्वरुप चर्चित गीत ‘म यस्तो गीत गाउँछु…’ को रिमिक्स भर्सन रिलिज गरेका छन । रिमिक्स गरिएको यस गीतमा गायक जोहेबका साथमा थुप्रै चर्चित अनुहारहरु समेत देख्न सकिन्छ । लामो समय देखि युएईमा रहेका चर्चित डिजे फरे र नेपालमै व्यस्त रहेका अर्का डिजे एएनले गीतलाई रिमिक्स भर्सनमा रुपान्तरण गर्ने सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी लिएका यी दुवै डिजेहरुले नयाँ डिजेहरुलाई प्रशिक्षण समेत दिने गर्दछन ।

त्यस्तै गरी यस गीतको र्याप पक्षको जिम्मा नेपाली संगितका चल्तीका र्यापरहरु भनेर चिनिने एड रे र बुलेट फ्लोले सम्हालेका छन् । आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका यी पाँच जना हस्तीहरुको संयोजनबाट यो गीत डान्सिङ शैलीको बनेको र युवा पिंढीलाई नचाउन सक्ने अपेक्षा गरिएको छ । करिब चार महिनाको मेहनतबाट बनेको भिडियो बारे गायक जोहेब भन्छन, ‘सबैको कडा  मेहनत अनुसार यो गीतको आउटपुट सोचेभन्दा राम्रो भएको छ, डिजे फिल्डमा केही नयाँ शैलीको काम गर्नुपर्छ भन्ने सोचका साथ काम गरेका कारण सबै क्षेत्रका संगीत पारखीहरु रम्नेछन भन्ने आशा एवं  विश्वास छ ।’

भिडियोलाई उच्च गुणस्तरको बनाउन रास प्रोडक्सनका रणधीर श्रेष्ठले कडा मेहनत गरेका छन भने गायक जोहेब मानन्धरले आम दर्शक तथा श्रोताहरुलाई भिडियो हेरेर तथा गित सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन ।

गीतको भिडियो लिंक यसप्रकार छ :-

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)