Aamsanchar

मुढाले किचेर एकको मृत्यु, सात पक्राउ

Author Image
शुक्रवार, वैशाख १५, २०७४

तेह्रथुम।

गोलियाका लागि काटेको रूखको मुढाले लागेर तेह्रथुुममा एकजनाको मृत्यु भएको छ । खोरुङ्गा खोलामा माछा मार्दै गर्दा बिहीबार बिहान माथिबाट पल्टाइएको मुढाले लाग्दा मेन्छ्यायेम गाउँपालिका–४ साबिक मोराहाङ–६ का ४० वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव यादवले बताउनुभयो ।

प्रहरीले गोलिया पल्टाउँदै गरेका सातजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले स्थानीयवासी सुवास तामाङ, पुष्प तामाङ, टेकबहादुर भुजेल, टीकाराम प्याकुरेल, मानबहादुर भुजेल, बिजुलीबहादुर तामाङ र श्यामबहादुर तामाङलाई पक्राउ गरेको हो ।

मृतक नेपालीको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । गत साता मात्रै गोलियाका लागि ढालेको रूखले किचेर खाम्लालुङमा दुईजनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर