Aamsanchar

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सकियो

Author Image
शुक्रवार, वैशाख १५, २०७४

काठमाडौं :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बालुवाटारमा बसेको व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ।

बैठकमा संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, बजेट र स्थानीय तह निर्वाचनको मतगणनाको विषयमा छलफल भएको छ।

बैठकमा दलका नेताहरुले प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको एजेण्डामाथि आ–आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पहिलोपटक संसदमा सम्मिलित सबै दलहरुको छलफल भएको छ । राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन विद्येयकलाई टुङ्गोमा पुर्या‍उन सरकारको तर्फबाट अधिकतम् प्रयास हुनेछ ।’

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता अग्नी खरेल, राप्रपा नेता पशुपति शमसेर राणा, गृहमन्त्री बिमलेन्द्र निधि, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झालगायत नेता सहभागी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।-अन्नपूर्ण

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर