Aamsanchar

सगरमाथा शिविरमा शव भेटियो

Author Image
शनिवार, वैशाख १६, २०७४

सोलुखुम्बु।

सगरमाथाको पहिलो आधारशिविर छेउमा शव भेटिएको छ ।

सगरमाथा आरोहीका एक सहयोगीले आज पहिलो शिविरमा शव देखेपछि खबर गरेको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

बाटो छेउमा हिउँले पुरिएर रहेको शवको खुट्टा बाहिर देखिएकाले पहिचान हुन नसकेको र उद्धारका लागि हिमाली भेगमा रेस्क्यु गर्ने दक्ष व्यक्ति पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सगरमाथा आधारशिविर वरपर कुनै पनि व्यक्ति हराएको सूचना नआएको प्रहरीले जनाएको छ । सगरमाथा आरोही अहिले दोस्रो शिविरसम्म पुगिसकेका बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१