Aamsanchar

बेसबलका खेलाडी जापान जाने

Author Image
शनिवार, वैशाख १६, २०७४

काठमाडौँ।

गुर्खा क्रु क्लबका सात जना खेलाडी बेसबल खेलको प्रशिक्षण लिन सोमबार जापान जाने भएका छन् ।

टोली नेता एवम् क्लबका उपाध्यक्ष केशव थापाका अनुसार खेलाडी जापानको फुकुओका सहरमा १५ दिनसम्म प्रशिक्षणमा सहभागि हुने छन् । त्यहाँ रहँदासम्म खेलाडीले बेसबल रङ्गशाला र सङ्ग्रहालयको समेत अवलोकन गर्ने छन् ।

“प्रशिक्षणले खेलाडीलाई बेसबल खेलका बारेमा थप ज्ञान हासिल गर्न मद्यत पुग्नेछ, भविष्यमा क्लबका अन्य खेलाडीलाई समेत पालैपालो विदेशमा प्रशिक्षणका लागि पठाउने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो ।

क्लबले जापानको खेलकुद तथा संस्कृति विश्वविद्यालयसँग प्रत्येक ६÷६ महिनामा प्रशिक्षणका लागि खेलाडी पठाउने सम्झौता गर्न लागेको थापाले बताउनुभयो ।

विगत दुई वर्षदेखि पाटन क्याम्पसको खेल मैदानमा बेसबलको अभ्यास गराउँदै आएको सो क्लब गत वर्ष सम्पन्न राष्ट्रिय जुनियर बेसबल प्रतियोगिताको विजेता क्लब समेत हो । हाल सो क्लबमा ३० जना जुनियर खेलाडी आबद्ध छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर