खोटाङ ।
ट्र्याक्टरले किचेर आज एक बालकको मृत्यु भएको छ ।
को२त ५८८० नंको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–७ का १० वर्षीय सिसन राईको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।
ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया थालिएको र बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 229