Aamsanchar

निलम्बन अघि प्रधान न्यायाधीश कार्कीको फैसला : सुडान घोटाल प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

Author Image
आइतवार, वैशाख १७, २०७४

काठमाडौं,

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाएकी प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालसले आइतबार तीन पूर्व प्रहरी महानिरीक्षकलाई भ्रष्ट्राचार मुद्दामा जेल साजयको फैसला गरेको छ।

६ वर्षअघि ३३ करोड रुपैयाँ घोटाला गरेको सुडान कान्डमाथि सर्वोच्चले अाइतबार फैसला सुनाएको हो।

प्रधान न्यायाधीश सुशीला कार्की र विश्वम्वर श्रेष्ठको इजालसले पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणलाई २ वर्ष कैद र ५० हजार जरिवाना,  हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाएको हो।

पूर्व डिआइजी श्यामसिंह थापा र पूर्व अतिरिक्त महानिरीक्षक दीपकसिंह थाङ्देनलाई १ वर्ष कैद ४० हजार जरिवानाको फैसला सुनाएको छ।  यसैगरी पूर्व अतिरिक्त महानिरीक्षक  दीपक कुमार श्रेष्ठ र डिआइजी रवीप्रताव राणालाई ६ महिना कैद र ३० हजार जरिवानाको फैसला सुनाइएको छ।-नागरिक दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर