Aamsanchar

मातृभाग्यरेखा बस सेवा प्रतिष्ठानले ३४औं वार्षिकोत्सव मनायो

Author Image
आइतवार, वैशाख १७, २०७४

बिर्तामोड।

मातृभाग्य रेखा बस सेवा प्रतिष्ठानले आफ्नो ३४औं वार्षिकोत्सव एवम् साधारणसभा आइतबार सम्पन्न गरेको छ ।
बिर्तामोडस्थित मेची बस व्यवसायी सघंको सभाहलमा भएको कार्यक्रममा प्रतिष्ठानको व्यवस्थापन निर्देशक खड्ग दाहालको सभापतित्व रहेको थियो ।
साधारणसभामा मेची यातायात संघका सभापति राजेन्द्रकुमार बस्नेतको सभापतित्व प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रेम दाहालको विशिष्ठ आतिथ्य, मेची यातायात संघका उपसभापति प्रेम उप्रेती लगायतको आतिथ्य रहेको थियो ।
साधारणसभामा प्रतिष्ठानका कोषाध्यक्ष टंकप्रसाद दवाडीले आर्थिक वर्ष २०७४ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । ३५ लाख ६४ हजार अनुमानित आयव्यय प्रस्तुत गरिएको कार्यक्रममा व्यवसायीको तर्फबाट धु्रव भट्टराई, विशिष्ठ अतिथि प्रेम दाहाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई प्रतिष्ठानका सदस्य गणेशप्रसाद शिवाकोटीले स्वागत गरेका थिए । सञ्चालन रामप्रसाद घिमिरेले गरेका थिए । मातृभाग्यरेखा यातायात एण्ड अटो मोबाइल्स प्रालिमा दर्ता भई कम्पनीको रजिष्टारबाट सेवा प्रदान गर्न शुरु गरेको कोषाध्यक्ष दवाडीले जानकारी दिए ।
५७ वटा साना–ठूला बस मार्फत झापाका सम्पूर्ण क्षेत्र जनकपुर, काठमाडौं, सिन्धुली लगायतका क्षेत्रमा समेत मातृभाग्यरेखाले सेवा प्रदान गर्दैै आएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर