Aamsanchar

बाँदरले आतङ्क मच्चाएपछि…

Author Image
आइतवार, वैशाख १७, २०७४

शान्तिनगर।


बादरहरुले कृषकले लगाएको अन्नबाली लगायत खाएर नष्ट गरेर दुख दिन थालेपछि झापा बुद्धशान्ति गाँउपालीका शान्तिनगरका स्थानिय चिन्तित भएका छन ।

वडा नम्बर ५ र ६ का चुल्ठे, खारखोला, गडीगाउँ, गोलाटार, सन्तपुरका किसानले लगाएको मकै, धान, टमाटर लगायत तरकारी खाएर नष्ट गरेका कारण स्थानिय
चिन्तित बनेका हुन । स्थानिय किसान खेमराज घिमीरेका अनुसार दिउसो को समयमा पनि बादरहरुले अम्लिसो को टुसा निकाल्दिनु का साथै घरमा राखिएका खाद्य्य बस्तुहरु घरभित्र पसेर खाईदिने गरेका छन ।

दैनिक रुपमा बादरहरुले दुख दिन थालेपछि स्थानियहरु गविसमा गएर समाधानको माग गर्ने स्थानिय नारद अधिकारीले बताउनुभयो । घरमा बादर धपाउन रुङ्न बसेपनि छलेर घरभित्रै पसेर सरसमान छरेर तथा खाएर तितरवितर पारिदिने गरेको श्याम भट्टराईले बताउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर