झापा।
किरात राई बिद्यार्थी संघ झापाले बुद्धशान्ति – ६ स्थित शान्ति आदर्श उच्च माबिमा अध्ययनरत आर्थीक रुपमा बिपन्न ६५ जना बिद्यार्थीहरुलाई कापी र कलम बितरण गरेको छ ।
उक्त बिद्यालयका कक्षा १ देखी ५ सम्मका बिद्यार्थीहरुलाई उनीहरुको शैक्षिकस्तर उकास्न सहज सहज होस् भन्ने उद्धेश्यले राहत स्वरुप कापीकलम बितरण गरीएको हो । बिद्यालयको प्रांगणमा आईतबार आयोजीत कार्यक्रममा प्रतिबिद्यार्थी ५ वटा कापी र एउटा कलम तिवरण गरीएको थियो ।
किरात राई बिद्यार्थी संघका केन्द्रीय सचिव सुसन राईको प्रमुख आथीथ्य रहेको कार्यक्रममा केन्द्रीय सदस्य राजकुमार राई , केन्द्रस्य परीषद सदस्य अनिता राई , बिद्यालयका प्रधानाध्यापक बासुदेव बराल , शिक्षक गिताकुमार ढुंगाना लगायतले बोल्नुभएको थियो ।
किरात राई बिद्यार्थी संघ झापाका उपाध्यक्ष अतित राईको अध्यक्षता रहेको कार्यक्रमको स्वागत उपाध्यक्ष रोश्नि राईले गर्नुभएको थियो भने सञ्चालन सचिव बिनिता राईले गर्नुभएको थियो ।