Aamsanchar

प्रहरीले ज्याजती गरेको सुनचाँदी व्यवसायीको आरोप

Author Image
सोमवार, वैशाख १८, २०७४

बिर्तामोड ।

प्रहरीले ज्याजती गरेको भन्दै नेपाल सुनचाँदी व्यवसायी संघ झापाले  मंगलवार पूर्वाञ्चलका सम्पूर्ण सुनचाँदी व्यवसाय बन्द गर्ने घोषणा गरेको छ ।

केही दिन अघि प्रहरीले सुन सहित तीन जनालाई र चाँदी सहित दुई जनालाई पक्राउ गरेको विरोधमा व्यवसायी आन्दोलित हुँदै यस्तो घोषणा गरेका हुन् । सबै प्रक्रिया पुरा गरेर आफूहरुले सुन चादी ल्याएपनि प्रहरीले पक्रउ गरेर अनाहकमा दुःख दिएको नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष राजु धमलाले बताए ।

सोमवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले सुन सहित पक्राउ परेका तीनै जनालाई तुरुन्त रिहाई र सुन पनि व्यवसायीलाई फिर्ता गर्न माग गरेका छन् । सम्पूर्ण कागज पत्र साथमा भएपनि प्रहरीले पक्राउ गर्नु निन्दनीय कार्य भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्कीले बताए ।

प्रहरीले व्यवसायी वैजनाथ साह सोनार , कृष्ण सराफ र गाडी चालकलाई तुरुन्त रिहा नगरे पूर्वका सम्पूर्ण व्यवसाय बन्द गर्ने सुन चाँदी व्यवसायी संघले चेतावनी समेत दिएको छ । उनीहरुले आफूहरुलाई सम्मान जनक व्यवसाय गर्न दिइनुपर्ने , पक्राउ परेका व्यवसायी तुरुन्त रिहा हुनु पर्ने प्रहरीले दुःख दिने काम वन्द गर्नु पर्ने लगायतका मागहरु राखेर मंगलवार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने जनाएका छन् । वुधवारसम्म व्यवसायीहरुलाई स सम्मान रिहा नगरे झापाका उद्योग वाणिज्य संग सहकार्य गर्दै सशक्त आन्दोलान गर्ने अध्यक्ष धमलाले बताए ।

सुन चाँदी व्यवसायीहरुले चाँदी सहित पक्राउ परेका मनोज गोयल र पुण्यप्रसाद अधिकारीको प्रहरीले तस्कर भनि चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ती जनाएका छन् । यसैबीच सुनचाँदी व्यवसायीहरुलाई छानविनको नाममा प्रहरी प्रशासनले पक्राउ गरी अनावस्यक रुपमा दुःख दिएको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सुनचांदी व्यवसायीहरु वैजनाथ साहा सोनार, कृष्ण सराफ र गाडीे चालक समेतलाई थुनामा राखिएको साथै मनोज गोयल र पुन्य प्रसाद अधिकारीलाई आवश्यक सम्पूर्ण कागाजात हुदाँहुदै पनि छानविनका नाममा प्रहरी प्रशासनले पक्राउ गरी दुःख दिएको प्रति राप्रपा झापाले विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पक्राउ गरिएका व्यवसायीहरुलाई अविलम्व रिहाईको सथै वैध सामान फिर्ता गरि वातावरणलाई सहज बनाउन माग गर्दै राप्रपा झापाका अध्यक्ष अम्वर वहादुर विष्टले मर्यादापुर्वक व्यवसाय गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न प्रहरी प्रशासन समक्ष विज्ञप्तिमा आग्रह गर्नु भएको छ ।
राप्रपा सवै वर्ग व्यवसाय र तहका जनता माथी जोसुकैवाट हुने सवै प्रकारको ज्यादतीका विरुद्ध उत्रने चेतावनी दिदै विज्ञप्तीमा व्यवसायीहरुले आफ्नो व्यवसायीक सुरक्षाका लागि गर्ने सवै प्रकारका आन्दोलनमा पुर्ण समर्थन र सहयोग रहनेछ जनाईएको छ । व्यवसायीहरुमाथि भईरहेको अन्यायका विरुद्ध अन्य राजनितिक दलहरु समेतको राप्रपा झापाले ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर